भारतीय साइकलयात्रीलाई बुटवलमा स्वागत

by समतल अनलाइन

बुटवल। भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौसम्मको १ हजार ४४ किलोमिटर साईकल यात्रामा निस्किएको ७ जना साइकलयात्री विहिबार बुटवलमा स्वागत गरिएको छ । विहिबार बिहान दाङको लमहीमा हिडेको साईकल यात्रीहरु साझ बुटवल आईपुगेको हो ।

यात्रालाई पथिल ट्राभल र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले सहयोग गरेको छ । २० फेबअरीमा दिल्लीस्थित इन्डिया गेटबाट सुरु भएको साइकल यात्रा २५ फेबअरीमा नेपालको राजधानी काठमाडौ पुग्ने लक्ष्य रहेको छ ।

बुटवलमा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका एमडी महेन्द्र न्यौपाने र म्यानेजर केशव बश्याल, रुपन्देही जिल्ला लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारीले उनिहरुलाई खादा र फुलमालाले स्वागत गरेका थिए । यसैबिच उनिहरुले आफनो यात्राको बारेमा समेत अनुभव सुनाए । दुई अफिसियल सहित ९ जनाको टिम रहेका छन । आयोजक द पेडलर्स का रभिन्दर सिह ओभरायले दुई देश बीचको सम्बन्ध प्रगाढ बनाउन साइकलयात्रा शुरु गरिएको बताए ।

शुक्रबार बिहान ६ बजे बुटवलबाट यात्रा शुरु गर्नेछन ।

 
 
  
 

You may also like