रुपन्देहीमा आँखामा स्प्रे छर्किएर सुनचाँदी र नगद लुटपाट

by समतल अनलाइन

रुपन्देही । रूपन्देहीको भलवारीमा एकजना सुनचाँदी व्यवसायीको सुन तथा नगद लुटपाट भएको छ । बुधबार सांझ पसल बन्द गरेर घरतर्फ जाँदै गरेका तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित श्रीदेव सुनचाँदी पसलका सञ्चालक कृष्णबहादुर विकसँग भएको सुन तथा नगद लुटपाट भएको हो ।

पसल बन्द गरेर घरतर्फ जाँदै गरेका व्यवसायीले घर लैजादै गरेको ७ तोला सुन र साढे तीन लाख नगद रूपैयाँ मोटरसाईकलमा आएका व्यक्तिले लुटेर भागेको प्रहरीले जनाएको छ ।

रातो पल्सरमा आएका तीनजना व्यक्तिको एक समूहले पसलको ३ सय मिटर पुर्व घर नजिकै आँखामा स्प्रे छर्की सुनचाँदी र रकम लुटेर भागेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए । सुनचाँदी र नगद लुट्ने व्यक्ति फरार रहेको र खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

 
 
  
 

You may also like