एकता सहकारीमा शेयर सदस्यलाई सहकारी शिक्षातालिम

by समतल अनलाइन

बुटवलमा रहेको एकतावचततथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी संस्थाले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरी संस्थाकानयाँतथा पुराना शेयर सदस्यहरुलाई सहकारी शिक्षातालिमप्रदान गरेको हो ।

तालिममा प्रशिक्षण गर्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालय सहकारी दर्ता अधिकारीको कार्यालयका रजिष्टार भिम प्रसाद तिवारीले कतिपय सहकारीका सञ्चालकहरुको गलत बुझाईका कारण यसको वास्तविक रुप नै विग्रिनथालेको बताउनु भयो ।

उहाँले सहकारीमा अनुशासन र पारदर्शीता अपरिहार्य रहेको बताउँदै विधि र पद्धतीमा रहेकाकाम गरेका सहकारीमाकुनै प्रकारको समस्यान देखिएको पनिबताउनु भयो । उहाँले अहिले दिनदिनै सहकारीकाअनियमितता सम्बन्धिउजुरी आउनथालेको बताउँदै त्यस्ता समस्याअनउननदिनेगरी कामगर्न पनि सहकारीहरुलाई आग्रहगर्नुभयो ।

संस्थाकीअध्यक्ष सावित्रा टण्डनले सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धितालिमप्रदान गरेर सहकारीलाई पारदर्शी बनाउन र शेयर सदस्यहरुमाजागरुकताल्याउनकालागि समय समयमातालिमकार्यक्रम सञ्चालनगर्दै आएको बताउनु भयो ।

संस्थाकाउपाध्यक्षलोकहरी पाण्डेको स्वागततथाशिक्षा समितिकी संयोजकतारा गौतमको सञ्चालनमाभएको कार्यक्रममासंस्थाकाव्यवस्थापकनारायण सुवेदीले सहकारीकासमग्र गतिविधिहरुको बारेमाजानकारी गराउनु भएको सचिव विष्णुप्रसादपौडेलले बताउनु भयो ।
२०५४ सालमा स्थापनाभएको उक्त सहकारीमाहाल २ हजार ६४ शेयर सदस्य छन् भने तालिमकार्यक्रममाकरिव ३ सय जना सहभागि रहेको पनि सचिवपौडेलले बताउनु भयो ।

 
 
  
 

You may also like