रोटरी तिलोत्तमा रुपन्देहीमा डिस्ट्रिक गभर्नरद्वारा अफिसियल भिजिट

by समतल अनलाइन

बुटवल । रोटरी क्लबका डिस्ट्रिक गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको अभिसियल भ्रमण गर्नुभएको छ । डिस्ट्रिक गभर्नर राजभण्डारी रोटरी तिलोत्तमा रुपन्देहीको क्लब एसेम्ब्ली र ५६३ औं नियमित बैठकमा समेत सहभागी हुनुभयो ।

बुटवलमा आयोजित क्लब एसेम्बलीमा गभर्नर राजभण्डारीले रोटरीको संख्यात्मक रुपमा सदस्य बढाउन भन्दा कार्यक्रमहरु गरेर गुणात्मकमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सबै सदस्यहरुलाई कुनै न कुनै प्रोजेक्टमा सहभागी गराउनुपर्ने उल्लेख गर्नुभयो ।
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णु भण्डारीले सिग्नेचर प्रोजेक्ट अन्तर्गत जिर्ण विद्यालयहरुको रंगरोगलाई निरन्तरता दिएको भन्दै डिस्ट्रिकबाट थप सहयोग गर्न आग्रह गर्नुभयो । ग्लोबल ग्रान्ट अन्तर्गत अटिजम सम्बन्धी कार्यक्रम गर्न लागेको उल्लेख गर्नुभयो ।

एसेम्ब्लीमा क्लबको ५ वटा कमिटी चेयरहरुले आ–आफूले गरेका गतिविधिहरुका बारेमा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

रोटरी तिलोत्तमा रुपन्देहीका सचिव शंकर पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा रोटरीका वर्ष २०२३–२४ का डिस्ट्रिक गभर्नर राजेन्द्र ध्वजु, जोन ३० का एजी राजु खरेल, क्लबका डिस्ट्रिक सेक्रेटरी अमिृत गिरि लगायत सहभागी हुनुहुन्थ्यो ।

 
 
  
 

You may also like