सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु

by समतल अनलाइन

सिन्धुली । मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई दाजुभाइको ज्यान गएको छ ।

वडा नम्बर ७ महेश्वता क्याम्पस चोक नजिक लोकमार्गमा भएको दुर्घटनामा परी वडा नम्बर ४ का ३३ वर्षीय जितेन्द्र माझी र मेषबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल लोकमार्गको बायाँ किनारमा रोकिरहेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका माझी दाजुभाइको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिए । रातको समयमा तीव्र गतिमा रहेको मोटरसाइकलले पार्किङमा राखेको ट्याक्टर नदेख्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको आकलन छ ।

 
 
  
 

You may also like