बसले ठक्कर दिंदा सुर्खेतमा महिलाको मृत्यु : सडक बन्द गरेर आफन्त आन्दोलित

by समतल अनलाइन

सुर्खेत । सुर्खेत बसपार्क अगाडि आइतबार बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन चर्काएका छन् । बसको ठक्करबाट जाजरकोटको छेडागाड नगरपालिकाकी ६६ वर्षीया नदी रावतको मृत्यु भएको हो ।

उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडि, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । मृत्तकका आफन्तहरूले आइतबार राति ९ बजेसम्म यी चोकहरूमा टायर बालेर आन्दोलन गरेका थिए । आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन ठप्प बनेका छन् ।

आइतबार दिउँसो साढे २ बजेतिर बा ४ ख ८०६१ नम्बरको बसले रावतलाई ठक्कर दिएको थियो । बुलबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा महिलालाई ठक्कर दिएको थियो । घाइते महिलालाई प्रहरीले तत्काल उद्वार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लैजाने क्रममा मृत्युु भएको थियो ।

 
 
  
 

You may also like