उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

by समतल अनलाइन

काठमाडौँ । सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज शुक्रबार) बिहान बस्ने भएको छ । यसअघि हिजो (बिहीबार) अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिएका थिए ।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित बनेको छ । हिजै सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार एक महिनामै ढलेको छ भने नेपाली कांग्रेस सत्तामा आएको छ ।

 
 
  
 

You may also like