नेपाल—भारत सीमा विवाद कुटनीतिक ढंगले समाधान गर्नुपर्छ

by समतल अनलाइन

दुइतिहाइले नसके सरकार पनि बदल्नुपर्छ ः साध्यबहादुर भण्डारी

बुटवल । नेपाल भारतको सीमा बिबादलाइ कुटनीतिक ढंगले समाधान गर्नुपर्ने सरोकारवाललाले बताएका छन् ।सीमाको नाममा बर्षौदेखिको पुरानो घाउ भारतले बेलाबेलामा बल्झाइरहने भन्दै नेपाल सरकारले खुट्टा नकमाइ कुटनीतिक पहल गरेर यो समस्या सधैका लागि समाधान गर्नुपर्ने उनीहरुको राय छ । आज रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल सरकारले नै बिबाद समाधानको सार्थक पहल गर्नुपर्ने औंल्याएका हुन् ।
सो अबसरमा बोल्दै सीमाबिद तथा नेकपाका नेता साध्य बहादुर भण्डारीले नेपालका नेताहरुले भारतसंग जथाभाबी सम्झौता गर्ने र जंहा पायो त्यहि हस्ताक्षर गर्ने गर्दा यो समस्या आएको दाबि गरे । उनले सम्झौता गर्ने बेला प्रसस्त होमवर्क गर्नुपर्ने भन्दै भारतीय नेतृत्वसंग आंखामा आंखा जुधाएर बार्ता गरेर नया नक्सा खारेज गराउन नेपाल सरकारलाइ आग्रह गरे । उनले कर्मचारीतन्त्र विक्रीहुने सम्भावना रहन्छ ,जसका कारण समस्या हुने हुन्छ,सहमतिका बेला हिम्मत भएको,अडिग नेता चाहिन्छ’। भन्डारी भन्छन्–‘सीमा मिचिएको प्रसस्त प्रमाण छ तर सरकारले त्यस दिशा तर्फ उन्मुख हुँदैन् ।’
यो दुइतिहाइको सरकारले समस्या समाधान गर्न नसके सरकार बदल्नुपर्ने उनको भनाइ छ ।
प्राध्यापक तथा बरिष्ठ अधिवक्ता दिल शाहनीले सरकारले नै कुटनीतिक अगुवाई गर्नुपर्ने बताए । –‘राजनीतिक दलहरु पनि एक भएर हेपाहा प्रवृतिको विरोधमा जुट्नु पर्छ । हामी आफ्नो भूमि प्राप्तीका लागि हजार बर्ष सम्म पनि लड्छौ ।’
उनले सबै नेपालीले शैन्य अभ्यास गर्नुपर्ने ,र सरकारले हतियार प्रदर्शन पनि गर्नुपर्ने बताए । अधिवत्ता महेन्द्र पान्डेले सरकरले नै कुटनीतिक तवरले समस्या सुल्झाउन तर्फ लाग्नुपर्ने बताए । अन्तिम अस्त्रका रुपमा खुला विश्वमा दवावका विभिन्न उपायहरु अवलम्वन गर्न सकिन्छ ,संयुक्त राष्ट्र संघ छ ,अन्तराष्ट्रिय अदालत छ यी निकायहरुमा जान सकिने उनको भनाइ छ ।
लेखक तथा पत्रकार ऋषि आजादले सरकारले दृढतापूर्वक साहस देखाउनुपर्ने बताए । उनी भन्छन् ,–‘सरकारले खुट्टा कमाउनु हुँदैन् । जनता साथमा छन् । राष्ट्रियताको विषय कुनै पार्टी विषेशको होइन । आम एजेन्डा बनेको छ ।’
कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

 
 
  
 

You may also like