सशस्त्रका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

by समतल अनलाइन

काठमाडौं । सशस्त्र प्रहरी बलका चार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

एसएसपी सुरेशकुमार श्रेष्ठ १ नम्बरमा बढुवा सिफारिस भएका छन् । सशस्त्रमा चार डीआईजीको पद रिक्त छ ।
उक्त पदमा श्रेष्ठसहित अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिए ।

 
 
  
 

You may also like