युरोपेली युनियनकी आयुक्त जुट्टा उर्पिलाइनेन बुधबार नेपाल आउँदै

by समतल अनलाइन

काठमाडौं । युरोपेली युनियन (ईयू) की आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउने भएकी छन् ।
ईयूको काठमाडौंस्थित राजदूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल भ्रमणमा आउने भएकी हुन् ।

ईयुका अनुसार उनले पोषण, शिक्षा र ग्रिन रिकभरी लगायतका एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि युरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्ने दूतावासले जनाएको छ ।

 
 
  
 

You may also like