मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसनले आज औपचारिक भेटवार्ता गर्दै

by समतल अनलाइन

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीन दिने नेपाल भ्रमणका लागि आएका छन् । उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज (शुक्रबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

 
 
  
 

You may also like