मुख्यमन्त्री अधिकारीलाई मन्त्री टुङ्गो लगाउन सकस, बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् ।
मुख्यमन्त्री अधिकारीले आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबण्डा मिलाएपछि मुख्यमन्त्रीले अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् । यसअघि सोमबार बिहान सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए । गण्डकी प्रदेशमा ठूलो बजेट चलाउने मन्त्रालयको दाबीबाट माओवादी केन्द्र पछि नहट्दा मन्त्रिपरिषद् बिस्तार र जिम्मेवारी बाँडफाटमा सकस भइरहेको छ ।
यसैगरी मन्त्रालयको विषयमा पनि अझै सहमति नजुटेको स्रोतले जनाएको छ । पुस २५ गते तीन जना बिनाविभागीय मन्त्रीसहित शपथ लिएका अधिकारी शीर्ष नेतृत्वसँग मन्त्रालय बाँडफाटको सहमति जुटाउन काठमाडौं आएका हुन् । उनले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

 
 
  
 

You may also like