नदिजन्य पदार्थको दोहन नियन्त्रणमा बुटवल उपमहानगरको तत्परता

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगरपालिकाले नदिजन्य पदार्थको दोहन नियन्त्रणमा तत्परता देखाएको छ । अवैध रुपमा नदिजन्य पदार्थको दोहन भैरहेको भन्ने जनगुनासो आएपछि उपमहानगरपालिकाले नदिजन्य पदार्थको दोहन नियन्त्रणमा तत्परता देखाएको हो ।

बुटवल उपमहानगरपालिकाको पहलमा शुक्रबार जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयको टोलीले बुटवलको वडा नं १७ र १८ मा पर्ने तिनाउ दानव नदिहरुको स्थलगत अवलोकन गरेको हो ।

बिभिन्न आयोजनाका नाउमा नदिजन्य पदार्थको अबैध रुपमा उत्खनन् तथा ओसार पसार भैरहेको भन्ने जनगुनासो आएपछि उपमहानगरपालिकाको पहलमा आज जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय बुटवल र पत्रकारहरुको टोलीले बुटवलको वडा नं १७ र १८ मा पर्ने तिनाउ दानव नदिहरुको स्थलगत अवलोकन गरिएको नगर प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

स्थलगत अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिहरु,बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ का वडाअध्यक्षहरु,स्थानीय अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो ।

नदिजन्य पदार्थको अबैध उत्खनन र ओसार पसार नियन्त्रण गर्ने उदेश्यले शनिबार सरोकारवाला निकायका प्रतिनिधिहरुबीच बैठक बोलाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

तिनाउ–दानव करिडोर निर्माणको नाउमा बुटवलको तिनाउ र दानव नदिबाट अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन् भैरहेको र नदिजन्य पदार्थको ओसार पसार गर्ने टिप्पर तथा ट्रेक्टरहरुको आवाजका कारण रातीमा आफुहरु सुत्न पनि असहज भएको स्थानीयहरुको गुनासो छ ।

 
 
  
 

You may also like