सत्ता समीकरणमा जाने रुची छैन : माधव नेपाल

by समतल अनलाइन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका छन् । आज (सोमबार) संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका हुन् ।

अध्यक्ष नेपालले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलबार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताए ।
उनले भने, ‘सरकारलाई विश्वासको मत दिने नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठक बस्दैछौं । सचिवालय बैठकमा निर्णय गर्छौं । सत्ता समीकरणमा जाने हाम्रो रुचि छैन । अहिले हामी के गर्ने भन्ने विषयको छलफलमा नै छौं । हामी विचार मिल्ने दलहरुसँग छलफल संवाद गर्दै मिलेसम्म मोर्चा समेत बनाउँछौं । विचार सिद्धान्त सबै मिल्यो भने एकतावद्ध भएर जान सक्छौं ।’

आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरुसँग सहकार्य र एकताका लागि छलफल र संवादलाई खुला राखेको नेपालले बताएका छन् ।अध्यक्ष नेपाल संघीय सरकारमा जाने रुची नभएको बताए पनि नेकपा एसले वाग्मती प्रदेश सरकारमा भने समर्थन गरेको छ ।

 
 
  
 

You may also like