प्रधानमन्त्री भेट्न बालुवाटार पुगे ओली, सरकारका विषयमा छलफल

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दाहाल र ओलीबीच मन्त्रिपरिषद विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माण, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको छ ।

यस्तै समसामयिक राजनीति र सरकारको प्रभावकारितालगायत विषयमा पनि छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । माओवादी नेता एवं प्रवक्ता कृष्णबहादुर महरा समेत बालुवाटारमै रहेको स्रोतले बतायो ।

सरकार गठनको दुई साता हुँदा पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अर्कातिर प्रधानमन्त्रीसँगै शपथ लिएका चार मन्त्रीले अझै पनि मन्त्रालय पाउन सकेका छैनन् । यस्तो अवस्थामा प्रधानमन्त्रीसँग छलफलका लागि ओली बालुवाटार पुगेका हुन् । सोमबार मात्रै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीसँग बालकोट र प्रचण्डसँग बालुवाटारमा संवाद गरेका थिए ।

 
 
  
 

You may also like