नेकपा एसको पोलिटब्युरो बैठक बस्दै, सरकारमा सहभागी हुने गर्ला निर्णय ?

by समतल अनलाइन

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पोलिटब्युरो बैठक आज (सोमबार) बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको थियो तर कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको प्रवक्ता खतिवडाले बताएका छन् ।

आजको बैठकमा पनि अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुनेबारे छलफल गरिने उनले बताए । पोलिटब्युरोको बैठकमा पार्टी निर्माण, सुदृढीकरण विस्तारलगायत विषयमा गहन छलफल हुने बताइएको छ । आजको वैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने–नगर्ने, सरकारमा सहभागी हुने–नहुनेलगायतका राजनीतिक विषयमा पार्टीको स्पष्ट धारणा बाहिर ल्याउने जनाइएको छ ।

 
 
  
 

You may also like