छात्रवृत्तिमा पढेका चिकित्सकलाई २ वर्ष मात्र सरकारी काममा लगाउन सर्वोच्चको आदेश

by समतल अनलाइन

काठमाडौं।सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका डाक्टरलाई २ वर्षमात्र सरकारी अस्पतालमा काममा लगाउन आदेश दिएको छ।

न्यायाधीश बमकुमार श्रेष्ठले यसअघिको सर्वोच्च अदालतकै फैसलालाई आधार मान्दै २ वर्षमात्र सेवा गरे पुग्ने गरी अन्तरिम आदेश गरेको

यसअघि सर्वोच्च अदालतले २०७३ साल भदौ ५ गते सरकारी कोटामा पढेका विद्यार्थीले २ वर्ष सरकारी अस्पतालमै सेवा गर्नुपर्ने गरी फैसला गरेको थियो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबिबिएस पढेकाहरूका लागि ४ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ।

उक्त व्यवस्था खारेज गर्नुपर्ने माग राख्दै डाक्टर उज्वल पौडेल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमा सुनुवाई गर्दै बुधबार उक्त आदेश भएको हो।

 
 
  
 

You may also like