चितवनमा पनि भत्काउन थालियो अतिक्रमित घर–टहरा

by समतल अनलाइन

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडक खण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो ।

डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको उनको भनाइ छ ।

घरका टप भत्काउनु पर्नेको संख्या एक सयभन्दा माथि छ । ती घरको टपबाहेक १० सेन्टिमिटरदेखि १.५ मिटरसम्म भत्काउनुपर्ने पौडेलले जानकारी दिए । सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए । यसअघि ३५ र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकाले कार्यालय आफैले भत्काउन लागेको हो ।

 
 
  
 

You may also like