तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल रातको करिब पौने २ बजे दुर्घटनामा परेको थियो। तीब्र गतीका कारण मोटरसाइकल अनियन्त्रित भई रेदिङमा ठोक्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

 
 
  
 

You may also like