१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी : पुर्वसन्ध्यामा जनचेतनामूलक र्‍याली

by समतल अनलाइन

बुटवल ।बुटवलमा १५ औ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को पूर्वसन्ध्यामा बुधवार बुटवलमा औद्योगिक जनचेतनामुलक र्‍याली निकालिएको छ । विहिवारबाट बुटवल मण्डपमा हुने औद्योगिक प्रदर्शनी स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ पुस ७ गते देखि १५ गते सम्म आयोजना हुनेछ ।

औद्योगिक जनचेतना र्‍यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायतले सहभागिता जनाएका थिए ।

र्‍यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहेको औद्योगिक जनचेतना ¥याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा पुगेर र्‍याली समापन भएको थियो।
प्रदर्शनीको पुस ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको सजावटको काम ६ गते पुरा गरिने छ भने मण्डपको सुरक्षा व्यवस्था मजबुत बनाइएको जनाइएको छ ।
प्रदर्शनी मूल आयोजक समिति रूपन्देही उद्योग संघले प्रदर्शनीको भौतिक निर्माणको काम सकेर सजावटको काम सुरु भएको जानकारी गराएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले स्टल दर्ता तथा वितरण गरिएको र तयारी पूरा भएको जानकारी दिए ।

 

 
 
  
 

You may also like