बुटवलमा हुने औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा, राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने

by समतल अनलाइन

बुटवल। रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा हुन लागको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

संघले शनिवार प्रदर्शनी स्थल बुटवल मण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ यही पौष ७ देखि १९ गतेसम्म हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको स्टल निर्माण, मञ्च व्यवस्थापन लगायतका कामहरु अन्तिम चरणमा पुगेको जानकारी गराइएको थियो । प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने संघले जनाएको छ ।

मूल समिति संयोजक माधव प्रसाद पौडेलले सो अवसरमा बुटवल मण्डपमा निर्माणाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक संघले आयोजना गर्न लागेको प्रर्दशनीलाई सफल आयोजनाका रुपमा अगाडि बढाएको जानकारी दिनु भएको थियो ।

पौडेलले नेपालमा औद्योगिक प्रदर्शनीको संस्थागत जग बसाल्दै औद्योगिक प्रवद्र्धनका लागि काम गर्दै आएको स्मरण गराउँदै कमी कमजोरी हटाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

पत्रकार सम्मेलनमा संघले प्रदर्शनीको प्रवेश टिकटबाट ४ रुपैया मुटु अस्पताललाई र ४ रुपैया सामाजिक कोषमा छुट्याएको जानकारी अध्यक्ष पौडेलले जनाउनु भयो ।
राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा कार्यक्रम आयोजना गर्ने पहिलो अवसर पाएको भए पनि प्रदर्शनी केन्द्रको भौतिक निर्माणको काम पूर्ण रुपमा नसकिएका कारण आर्थिक र व्यवस्थापनका रुपमा समस्या परेको पौडेलको भनाइ थियो ।

पत्रकार सम्मेलमा वितरित प्रेस विज्ञप्तिमा प्रर्दशनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गर्दै पहिलो पटक आल्मुनियमको पार्टेसन सहितका स्टल निर्माण गरिएको उल्लेख छ । यसको सजावटदेखि व्यवस्थापन हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने उल्लेख छ ।

यस पटकको आयोजना स्थल नै प्रमुख आकर्षणको केन्द्र बन्ने विश्वास संघले लिएको छ । प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरी दैनिक रुपमा काम भैरहेको छ ।

संघले प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्र्रिया रहने जनाएको छ ।

सम्मेलनमा पत्रकारहरुको जिज्ञासामा संघ अध्यक्ष पौडेलले संघले हरेक आयोजनालाई परिस्कृत, परिमार्जित र आम उपभोक्ता तथा दर्शकहरुको चाहानालाई केन्द्रमा राखेर अगाडि बढाउने गरेको उल्लेख गर्दै यस पटक पनि त्यसमा केन्द्रित र प्रदर्शनी भित्र स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न स्वदेशी उत्पादन मात्र समावेश हुने स्पष्ट पार्नु भएको थियो । पौडेलले संघका आयोजनाहरु व्यवस्थापकिय आधारमा होस वा सहभागिताको आधारमा अन्य भन्दा भिन्न रहने प्रतिवद्धता व्यक्त गर्दै गल्ती कमजोरीहरु औल्याएर सुझाव दिन आग्रह गर्नु भयो ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ४५० स्टलहरु रहनेछन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल, त्ष्प त्यप त्बभिलत ज्गलत आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।

प्रदर्शनी सम्पन्न गर्नका लागि १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जनाइएको थियो । प्रदर्शनीको करिव ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोवार हुने अनुमान संघले गरेको छ ।

आयोजना सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूर्ण सहयोग प्राप्त हुनेमा विश्वस्त संघले लिएको छ । कार्यक्रममा मूल समिति संयोजक माधब प्रसाद पौडेलको अध्यक्षता तथा सदस्य सचिव हरि बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like