जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो (नामावलीसहित)

by समतल अनलाइन

जाजरकोट । जाजरकोट जीप दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा जीप चालक दैलेख भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन् ।

यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ । यस्तै दुई वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगञ्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । डागाड नगरपालिका–५ का जैमान अधिकारी गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो करिब ४ बजेको समयमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो । मध्यपहाडी सडकखण्ड अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप दुर्घटना भएको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ ।

 
 
  
 

You may also like