अक्षरमा क्षमता अभिबृद्धि तथा उद्घोषण कार्यक्रम

by समतल अनलाइन

बुटवल । बुटवलको कालिकानगरमा रहेको अक्षर इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक कर्मचारीका लागि एक दिने क्षमता अभिवृद्धि तथा स्टेज उद्घोषण कार्यक्रम गरेको छ । अक्षर स्कुलले आफ्ना शिक्षक कर्मचारीको क्षमता तथा सीप विकाससँगसँगै अभिभावक, विद्यार्थी र शिक्षकबिच मुस्कान सहितको संवादका लागि क्षमता अभिवृद्धिसँगै उद्घोषण तालिम दिएको हो ।

अक्षर इन्टरनेशनल स्कुल संचालक समितिका अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा अक्षर इन्टरनेशनलसँग आवद्ध कालिका नगरमा रहेको र पारि बुटवल रहेका दुई विद्यालयका डेढ दर्जन महिला शिक्षक कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा मोटिभेशनल स्पीकर तथा पत्रकार झविन्द्र देवकोटाले सहजिकरण गर्नु भएको कार्यक्रममा बोल्ने कला, स्टेज उद्घोषण, संस्थागत संरचना, संस्थागत पदाधिकारीको काम कर्तब्य र भुमिकालगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।

अक्षर स्कुल कालिकानगरका प्रधानाध्यापक सोनम पाठकले स्वागत गर्नु भएको तालिम कार्यक्रममा विद्यालयका शिक्षक सुनिता घिमिरे, तारा खरेल, प्रतिमा राना, सिता रायमाझी, मिरा पन्थी लगायतले तालिम उपयोगि र फाईदाजनक भएको उल्लेख गर्दै आगामी दिनमा पनि तालिमको अवसर दिन विद्यालयसँग अनुरोध गर्नुभयो । विगतमा गुरुकुल एकेडेमिका नामले संचालमा रहेको स्कुल अहिले अक्षर इन्टरनेशनका नाममा पुरानै संस्थापन समुहले विद्यालय संचालनको जिम्मा लिएको छ । गुरुकुल एकेडेमीनै अक्षर स्कुलका रुपमा संचालनमा आएको संस्थापक अध्यक्ष अमरनाथ पाठकले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like