कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणाली नभएका कारण आज (सोमबार) देशभर मौसम सामान्यतया सफा रहेको मौसमविदले जनाएका छन् । देशका पूर्वी तराईका केही स्थानहरूमा हल्का हुस्सु / कुहिरो लागेको छ ।

ल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

रातको समयमा प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । दिनहुँ चिसो बढ्ने क्रम बढेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

 
 
  
 

You may also like