जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

by समतल अनलाइन

सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ ।

गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो ।

रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पु¥याएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

Share this:

 
 
  
 

You may also like