सजिलो सहकारीको अध्यक्षमा पुनः पोख्रेल

by समतल अनलाइन

बुटवल । बुटवलमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः रामराज पोख्रेललाई चयन गरिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न १४ औं साधारण सभा तथा छैठौं अधिवेशनले पुनः पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भिमलाल गौतम, सचिवमा गुणानिधी खनाल, कोषाधयक्षमा विष्णुप्रसाद पन्त सहित सदस्यहरु सर्वसम्मत चयन गरिएको छ । त्यस्तै लेखा समितिको संयोजकमा विनसलाल श्रेष्ठ र सदस्यहरुमा सितु उदय र गोविन्द गिरीलाई चयन गरिएको छ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदिपकुमार श्रेष्ठले सरकारको तीन खम्बे अर्थनीति अनुसार सहकारीलाई एउटा बलियो खम्बाको रुपमा स्थापित हुन सुझाव दिनुभयो । उहाँले सहकारीले सानो सानो भएपनि धेरै अर्थपूर्ण काम गरेको बताउँदै सही मार्गमा अगाडि बढाउन सके भविश्य पनि राम्रो रहेको भनाई राख्नुभयो ।
साधारण सभामा वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष रामराज पोख्रेलले सहकारी र आर्थिक अनुशासनलाई कायम गरिएको बताउनु भयो । उहाँले त्यसैका कारण सहकारीमा राम्रो प्रतिफल प्राप्त भएको पनि भनाई राख्नुभयो । सहकारीमा खराव कर्जा नरहेको पनि उहाँले जानकारी गराउनु भयो ।
त्यस अवसरमा सल्लाहकार गोविन्द मरासिनी, चार्टड एकाउन्टेन छवि पोखरेल, बुटवल बहुउद्देश्यीय सहकारी संस्थाका सचिव बुद्धिमान थापा, प्रौढ सहकारीका अध्यक्ष तिलकराम पौडेल, राष्ट्रिय सहकारी बैंक बुटवलका प्रवन्धक नारायण वेलवासे, संस्थाका उपाध्यक्ष विश्वबन्दु विनयी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सचिव गुणानिधी खनालको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like