स्याङ्जा २ मा ५‚६२७ मतले धनराज विजयी

by समतल अनलाइन

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका धनराज गुरुङ ३१‚४६६ मत पाई विजयी भएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्माकुमारी अर्यालले २५‚८३९ मत प्राप्त गरेकी छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८‚११३ मत पाएका छन्।

यसैगरी २ ख मा नेपाली काँग्रेसका महेश भट्टराई १८‚८०८ मत पाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका बुद्धिमान श्रेष्ठले १६‚९९९ मत पाए।

 
 
  
 

You may also like