विश्वकप फुटबल : इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

by समतल अनलाइन

दोहा । अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको हो ।

अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो ।

जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । यता इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरियो ।

 
 
  
 

You may also like