कञ्चन जेसीजको आयोजनामा ”भोइस अफ कञ्चन ” हुदै

by समतल अनलाइन

प्रिया अधिकारी
कञ्चन। रुपन्देही जिल्लाकै सुन्दर गाउँपालिका कञ्चन गाउँपालिकामा अबस्थित संस्था कञ्चन जेसीजले व्यक्तिको पहिचान उसको अन्तर्निहित प्रतिभाले निर्धारण गर्छ भन्ने मुल नाराका साथ भोइस अफ कञ्चन हुने भएको छ।

कञ्चन गाउँपालिका भित्र अबस्थित ३१ वटा विधालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत विधार्थीहरुका बिच प्रतिस्पर्धा हुने भएको छ। त्यसै गरि छनोट चरण यहि आउदो बिहिवार कञ्चन गाउँपालिकाको कार्यालय छेउमा अबस्थित विधालय श्री गजेडी मा.वि र यहि २२ गते श्री बुद्धदिप इङलिस स्कुल कञ्चन ५ मा २ दिन हुने भएको छ।

छनोट चरण बाट छनोट भएका विधार्थीहरुलाइ २०७६/७/२३ गते नि:शुल्क रुपमा व्यक्तित्व विकास सम्बन्धि तालिम दिने र यसको फाइनल अडिसन यहि ३० गते रुपन्देही जिल्ला कञ्चन गाउँपालिकामा अवस्थित नेपालकै सुन्दर सिमसार तथा रमणीय स्थल दानापुर तालमा गरिने संस्थाका संस्थापक अध्यक्ष चुडामणि पौडेलले जानकारी दिनु भयो।

 
 
  
 

You may also like