आलम विरुद्ध जन्मकैदको माग गर्दै मुद्दा दर्ता

by समतल अनलाइन

कुमार विवेकानन्द मिश्र
रौतहट। २०६४ साल फागुन २७ गते चुनाव प्रसारको क्रममा रौतहटमा भएको बम विष्फोटमा घाइते भएकाहरूलाई जिउँदै इटा भट्टामा जलाएको अभियोगमा आफताब आलम लगायत ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय रौतहटले उहाँहरू विरुद्ध जन्म कैद समेतका माग गरी तीनवाट छुट्टाछुटै मुद्दा दर्ता गराएको हो । कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ नियन्त्रण ऐन अन्तगर्त जिल्ला अदालत रौतहटमा निजहरू विरुद्ध मुद्दा दार्ता भएको हो ।

सो मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयका रौतहटका तर्फबाट खडिन्द्र कटवालले दर्ता गराउनु भएको थियो । प्रहरी हिरासतमा रहेका अफताब आलमलाई आजै जिल्ला अदालत उपस्थित गराइए पनि उहाँसँग बयान भने भोलिबाट शुरु हुने बताइएको छ । ११ जना प्रतिवादी मध्ये १० जना फरार रहेका छन् । मुद्दामा ३९ पृष्ठ अभियोग पत्रसहित करीब ८०० पृष्ठको मिसिल रहेकाे छ । सातै अभियाेग पत्रमा कर्तव्य ज्यानतर्फ जन्म कैद, ज्यान मार्ने उध्योगतर्फ १० वर्ष र बिस्फोटक पदार्थमा दुर्इ वर्ष कैदको माग दावी गरिएकाे छ ।

 

 
 
  
 

You may also like