कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश–१ लगायत गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश–१, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

 
 
  
 

You may also like