अमेरिका र वेल्सले बाँडे अंक

by समतल अनलाइन

काठमाडौ । कतार विश्वकपको आफ्नो पहिलो खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राति अहमद बिन अलि मैदानमा अंक बाँडेसँगै समूह ‘बी’ मा सबै टोलीले एक एक खेल पूरा गरेका छन् ।

इङ्ल्यान्ड तीन अंकसहित शीर्षस्थानमा छ । उसले इरानलाई ६–२ अन्तरले सोमबार नै पराजित गरेको थियो । वेल्स र अमेरिकाको एक–एक अंक रहँदा इरान बिना अंक पुछारमा छ ।

यस अघि खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको अमेरिका दोस्रो हाफमा गोल बेहोर्न पुगेको थियो । बेलले ८२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै टोलीको हार टारेका थिए ।

 
 
  
 

You may also like