कांग्रेसकै पालामा बने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भैरहवा–लुम्बिनी सडक

by समतल अनलाइन

बुटवल।रुपन्देहीको सदरमुकाम भैरहवा बुद्ध जन्मस्थल लुम्बिनीको सबैभन्दा नजिकको शहर हो । भैरहवालाई लुम्बिनीको प्रवेशद्वार पनि भनिन्छ । स्थल तथा हवाइ मार्ग हुँदै लुम्बिनी आउने अधिकांस पर्यटक भैरहवा हुँदै आउछन । केही वर्ष अघिसम्म भैरहवाबाट लुम्बिनी पुग्ने बाटो साँघुरो र अस्तव्यस्त थियो । लुम्बिनीलाइ अन्तराष्ट्रिय जगत प्रत्यक्ष जोडने विमानस्थल थिएन । त्यसको असर लुम्बिनीको पर्यटनमा परेको थियो ।

तर अहिले अवस्था फेरीएको छ । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने भैरहवामा यसै क्षेत्रका विकास प्रेमी नेता तथा हालका गृहमन्त्री बालकृष्ण खाणको पहलमा नेपाली काँग्रेसकै पालामा भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण सुरु मात्र भएन सम्पन्न पनि भयो । त्यस्तै भैरहवा–लुम्बिनी सडक चार लेनमा स्तरोन्नती भएको छ । जसका कारण अहिले भैरहवाबाट लुम्बिनी पुग्न सहज त छ नै यो सडक नमुना पर्यटकिय सडकको रुपमा विकास हुँदै छ ।

भैरहवा लुम्बिनी तौलिहवा सडक कुल ४१ किलोमिटर छ । जस मध्ये भैरहवाबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलबाट लुम्बिनीको पर्साचोकसम्म ४ लेनमा सडक विस्तार भएको हो । यस्तै लुम्बिनीबाट तौलीहवासम्म २ लेनमा सडक विस्तार भएको छ ।
२०७३ सालमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए । सरकारमा कांग्रेस नेता बालकृष्ण खाण रक्षा मन्त्री थिए। रक्षामन्त्री भएका खाणले त्यतीबेलै भैरहवा लुम्बिनी सडक बिस्तारको काम अगाडी बढाउन सदन देखि सरकार सम्म पहल गरे । जसका कारण यो सडक विस्तारको काम अघि बढ्यो । २०७४ जेठ पछि कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बने । देउवा प्रधानमन्त्री रहेको बेला २०७४ असार महिनामा भैरहवा लुम्बिनी तौलिहवा सडकको लागि ठेक्का सम्झौता भएको थियो ।

रुपन्देहीकालागि मात्रै हैन देशकै आर्थिक तथा विकासमा महत्वपूर्ण भुमिका खेल्ने यो आयोजना समयमै सम्पन्न गराउन रुपन्देहीबाट प्रतिनिधि सभा सांसद समेत रहेका काँग्रेस नेता बालकृष्ण खाणले निरन्तर पहल गरेको आयोजनाका पुर्व प्रमुखहरु नै बताउँछन ।

यस्तै लुम्बिनीलाई नै केन्द्रीत गरेर भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको छ । अन्तराष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनीमा पर्यटक आगमन निकै बढ्ने अपेक्षा गरिएको छ । साथै नारायणी पश्चिमको भेगबाट विभिन्न कामको शिलसिलामा विदेश जान अब काठमाडौं जान पर्दैन ।

विगतमा कृष्णप्रसाद भटराई र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा लुम्बिनीलाई लक्षीत गरि अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना तय भएको हो । काँग्रेस नेतृत्वकै सरकारले यो आयोजनालाइ प्राथमिकता दिइ सुरु गरेको थियो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास मात्रै हैन उद्घाटन पनि कांग्रेसको सरकारकै पालमा भएको हो ।

२०७१ साल माघमा तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । विमानस्थल सिलन्यास कार्यक्रममा सहभागी हुने क्रममा नेता खाणले यो विमानस्थल भैरहवाकालागि मात्रै नभइ सिंगो लुम्बिनी क्षेत्र र राष्ट्रकालागि विकासको आधार बन्ने भएकाले निर्माण कार्य समयमै सक्नु पर्ने बताएका थिए ।

उनले आफु रुपन्देहीकै जनप्रतिनिधि र नेता भएकाले बिमानस्थल समयमै सम्पन्न गराउन हरतरहले लाग्ने प्रतिवद्धता पनि त्यतीबेलै गरेका थिए । प्रतिवद्धता अनुरुप नै विमानस्थल निर्माणको काम अगाडी बढाउन उनले महत्वपूर्ण भुमिका खेलेको आयोजनाका कर्मचारीहरु बताउँछन । यो विमानस्थल निर्माण सम्पन्न गरेर २०७९ जेठ २ गते प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेका हुन ।

सोही दिन कुवेतको जजिरा एयरलाइन्सको जहाजलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । अहिले जजिरा एयरलाईन्सले भैरहवाबाट नियमित उडान भरिरहेको छ । त्यस्तै हिमालयन एयरलाईन्सले मलेशिया भैरहवा चार्टड उडान सुरु गरेको छ । डिसेम्बरको अन्त्यमा नेपाल एयरलाईन्सले पनि भैरहवाबाट उडान थाल्दै छ । अरु उडानहरु थपिने तयारीमा छ ।

उडान बढ्दै गएपछि बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा आर्थिक कारोबार बृद्धि हुनका साथै पर्यटकिय चहलपहल पनि बढ्ने छ । गृहमन्त्री समेत रहेका रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार खाणले विमानस्थलमा बाहय उडानहरु बढाउँदै लैजानुका साथै रोजगारीमा पनि स्थानीयलाइ विशेष प्राथमिकता दिने प्रतिवद्धता गरेका छन । गृहमन्त्री खाणले अन्तराष्ट्रिय विमानस्थल मार्फत पर्यटन प्रबद्र्धनका साथै यस क्षेत्रका कृषि उत्पादनहरुको निर्यात प्रवद्र्धन गरी कृषिको विकासमा फड्को मार्ने योजना पनि ल्याएका छन । त्यसकालागि बुटवलमा दुइ अर्बको कृषि थोक बजार केन्द्र निर्माण गर्ने योजना पनि खाणले ल्याएका छन ।

‘यो क्षेत्रका कृषिजन्य,हस्तकला,तथा औधोगिक उत्पादनहरु भैरहवाको अन्तराष्ट्रिय बिमानस्थल मार्फत बाह्य देशमा निर्यात गरी यो क्षेत्रलाइ आर्थिक तथा पर्यटन विकासको केन्द्रको रुपमा अगाडी बढाउनु मेरो मुख्य लक्ष्य हो’ गृहमन्त्री खाणले भने
तीनै नेता खाण यही मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलिय गठबन्धनका तर्फबाट क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदावार छन । खाणलाई माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रीक समाजवादी पार्टी र जनमुक्ति पार्टीको समेत समर्थन छ ।

नेता खाणले आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरि यस क्षेत्रको आर्थिक र पर्यटकिय विकासलाइ मुख्य प्राथमिकतामा राखेका छन । घोषणा पत्रको पहिलो बुँदामै उनले भैरहवालाई लुम्बिनी प्रदेशकै औद्योगिक, व्यापारिक एवं पर्यटकिय केन्द्रको बनाउने उल्लेख छ ।

 
 
  
 

You may also like