पुल बनाउन सहयोग गर्ने नेता शाहलाई जिताउने स्थानियको प्रतिबद्धता

by समतल अनलाइन

०७४ मा गरेको बाचा ३० महिनामै पुरा हुदा स्थानिय हर्षित
रुपन्देही।नौं दिनपछि हुने निर्वाचनबाट आम नेपाली जनताले आफ्नो प्रतिनिधि चुन्दैछन । यसपालीको निर्वाचनमा मतदाताले समेत विकास प्रेमी नेता चयन गर्ने भन्दै जसले धेरै विकास गरेको छ उसैलाई भोट दिएर जिताउने प्रतिज्ञा गरेका छन । यसै सन्दर्भमा सैनामैना ७ गौडी क्षेत्रका मतदाता यसपटक पुल बनाएर आफूहरुलाई ठूलो गुन लगाएको भन्दै भरतकुमार शाहलाई जिताउने प्रतिवद्धता जनाएका छन ।
रुपन्देहीको सैनामैना नगरपालिका ७ स्थित गौडी अर्थात अहिले नयाँबस्ती निवासी लालपुरी बषौ देखि यस क्षेत्रमा पुल नहुदा आफ्नो गाउँ टापुजस्तै अनकन्टार भएको बताउछन् । इगुरिया नदीले हरेक वर्षको बर्षायाममा कुनै न कुनैरुपमा मानवीय क्षति गथ्र्यो । बर्षायाममा स्थानीय जनता पुल नहुँदा बाहिर जानै सक्दैनथे ।
त्यस्तै गुल्मी जिल्लाबाट २०५६ सालमा बसाई सराई गरेर हालको सैनामैना वडा नं. ७ गौडीमा आएका स्थानिय तुलबहादुर गलामीका अनुसार यस क्षेत्रका स्थानीय बासिन्दाले खासगरी बर्षायाममा बाढी आउँदा बजार जान, वडा कार्यलय जान तथा स्थानिय बजार कलौनी जान आफुहरुले धरै सास्ती भोगेको बताउछन् ।
ईगुरिया नदीले मानवीयमात्रै होइन पशु चौपाया समेत बगाउँदा ठूलो जनधनको क्षति भयो । पुल नहुँदा बर्षौंदेखि घुमाउरो बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयहरुको गुनासो रहेको थियो ।
तर, अहिले अवस्था फेरिएको छ । पुल बनेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाको जीवनमा अहिले आमूल परिवर्तन आएको छ । पुल वनाउन माग गर्दै स्थानीयले रुपन्देही ५ का निवर्तमान सांसद भरतकुमार शाहलाई आग्रह गरेको तिन वर्ष नहुँदै पुल तयार भएको पुरीको भनाई छ ।
स्थानीयले यसपालीको भोट उनै जनताको पीरमर्का बुझेर पुल बनाउन मद्दत गर्ने भरतकुमार शाहलाई दिने बाचा गरेका छन ।
प्ुल बने संगै अव सैनामैना नगरपालिकाका पूर्व पश्चिम सवै वडासम्म जान सुविधा पुगेको छ । त्यसैले स्थानीय वासिन्दा नजिक आईरहेको चुनावमा कसलाई भोट दिने भन्ने प्रश्न गर्दा निर्धक्क पुल बनाएर जनतालाई सुविधा दिने भरतकुमार शाहलाई यसपटक भोट दिएर जिताउने भन्छन ।
पुल नहुँदा पहिला आफ्नै वडाको बयरकट्टी, देउवापार, दोगहरा तथा कलौनीको बजारसम्म आउन स्थानीय गौडीका जनताले निकै सास्ती पाए । एउटै वडा भएर पनि नजिकको गाउँ शहर जस्तै तर आफ्नो गाउँ भने श्रीलंका टापु जस्तो बनेकोमा स्थानीयमा ठूलो पीडा थियो । पुलका लागि अनेक गुहार गरे तर अन्तिममा संघीय सांसद भरतकुमार शाहलाई आफ्नो बेदना पोखे । सांसद शाहले पनि सांसदको भूमिकामै हुँदा बजेटको व्यवस्थापन गरेर पुल बनाउन ठूलो सहयोग गर्नुभयो । अहिले स्थानीय बासिन्दामा खुसीको सिमा छैन । पहिलेको अनकन्टार टापु अहिले सुगम बनेको छ ।
स्थानीय महिला देवकला घर्तीले पुराना दिनहरु स्मरण गर्दा आफूहरुले निकै सास्ती खेपेको सुनाउँछिन । इँगुरिया नदीले बर्षेनी गर्ने मानवीय क्षति उनीहरु अहिलेपनि झलझली सम्झन्छन । पारीका गाउँ त्यो पनि बजार पुग्न उनीहरुलाई कम्ती सकस थिएन । कन्चन गाउँपालिका र लुम्विनीसम्म जान उनीहरु घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए । अहिले पुल हुँदाको सुख उनीहरु शब्दमा बर्णन गर्न सक्दैनन । धेरै नेता र जनप्रतिनिधिलाई पुल बनाईदिन आग्रह गर्दा पनि कुनै सुनुवाई भएन । अन्त्यमा भरतकुमार शाहले पुल बनाउन सहयोग गर्नुभयो । उहाँकै नेतृत्वमा पुलका लागि बजेट प¥यो । महिलाहरु पनि यो निर्वाचनमा पुल वनाउन सहयोग गर्नेलाई नै भोट दिने सगर्व बताउँछन ।
मंसिर ४ गते हुने निर्वाचन नजिक आउँदै गर्दा मतदाताले समेत विकास प्रेमी उम्मेदवार छनौट गर्ने बताईरहँदा भरतकुमार शाहको नाम रुपन्देही क्षेत्र नं. ५ मा अग्रपंक्तिमा लिने गरेका छन ।

 
 
  
 

You may also like