भैरहवा ।एमाले, राप्रपा र जसपाको गठबन्धनमा रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा उम्मेदवार दीपक बोहोरालाई कार्यकता जोगाउन मुस्किल पर्ने देखिएको छ । अहिले राप्रपाका नेता–कार्यकर्ता धमाधम पार्टी छाड्दै काँग्रेस र सत्ता गठबन्धन घटक अन्य दलहरुमा प्रवेश गरिरहेका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा राप्रपाका कार्यकर्ताहरु पार्टी छाडेर अन्यत्र दलमा प्रबेश गर्ने क्रम बढेपछि निर्वाचनको मुुखैमा पार्टी नेताहरुलाई कार्यकर्ता जोगाउनै मुुस्किल भएको छ । पार्टीमा केही सिमित व्यक्ति र उनीहरुकै वरपर केन्द्रित रही काम गर्नेको हालिमुहाली बढिरहेको, सिद्धान्त र बिचार केही नभएको, केन्द्रिय नीतिको ट्रयाक बाहिर बोहरासहिता नेताहरु आउन थालेपछि कार्यकर्ताहरु असन्तुुष्ट हुँुदै बोहरा र राप्रपाको साथ छोडिरहेका हुन्् ।
माथिल्लो तहका कार्यकर्तासँगै तल्लो तहका कार्यकर्ता पनि साथ छाड्ने र मौन बस्ने गरिरहेका छन् । यसबाट बोहरा थप संकटमा परिरहेको उनी निकटकै नेताहरु बताउँछन् । धेरै कार्यकर्ता राप्रपा पार्टी छाड्दै नेपाली कांग्रेस लगायतका पार्टीमा प्रबेश गर्न थालेपछि नेताहरु चुनाव प्रचारसँगै कार्यकर्ता बचाउने दौडमा हिँड्नुु परेको छ । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणप्रति जनसमर्थन बढ्दै जाँदा यस क्षेत्रका राप्रपा कार्यकर्ताहरु अन्य पार्टी भन्दा पनि कांग्रेस प्रबेश गर्ने क्रम बढेको हो ।
पञ्चायत कालदेखि गणतन्त्रसम्म एकैै ब्यक्तिले अवसर पाएको र स्वास्थ्य आफू अनुुकुुल नहुुँदा पनि पदको धङधङ्गीले नछाडने, चाहे स्थानीय तहको निर्वाचन, चाहे पार्टीको निर्वाचन होस्, चाहे मुलुकमा लोकतन्त्र वा गणतन्त्र आएपछिको निर्बाचनमा होस् आफै अरु उम्मेदवार नभएझै बोहरा मात्रै उम्मेदवार हुने निरन्तरता भए पछि कार्यकर्ताहरु असन्तुष्ट हुने क्रम बढेको राप्रपाका नेताहरु नै स्वीकार्छन् ।
‘चाहे नगर प्रमुखको निर्वाचन होस्, चाहे प्रतिनिधिसभाको होस्, राप्रपाले कहिले पनि उत्तराधिकारीका रुपमा अरुलाई अगाडि सारेको छैन’, केही समय अघि राप्रपाको सिद्धार्थनगर अध्यक्षको पद छाडेर काँग्रेस प्रवेश गरेका ई.चन्द्रभक्त श्रेष्ठले भने । निर्वाचन सुुरु भएसँगै राप्रपाका सिद्धार्थनगर अध्यक्ष श्रेष्ठ कांग्रेस प्रवेश गरेका थिए । त्यसपछि सुुरु भएको राप्रपा छाड्नेको क्रम अहिलेसम्म पनि जारी छ । मंगलबार मात्रै राप्रपाका बुटवल–१४ का वडाध्यक्ष रामदयाल चौधरी कांग्रेस प्रबेश गरेका छन् । त्यस्तै राप्रपा सिद्धार्थनगरका पूर्व नगर सचिव तारानाथ पाण्डेय र वडा नं. ९ का उपसभापति रामबहादुर थापा पनि कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेसका युवा नेता ओमकुमार श्रेष्ठले बताए ।
माथिल्ला तहका कार्यकर्ता मात्रै नभई तल्लातहका कार्यकताले पनि राप्रपाको साथ छोड्दै गएको र कतिपय कार्यकताले आफूहरु खुल्न नचाहेको र कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई समर्थन गर्ने जनाएको श्रेष्ठले दाबी गरे । उता स्थानीय तहमा सियारीमा राप्रपाका उम्मेदवार रहेका रंगनाथ गुुप्ता पनि कांग्रेस प्रबेश गरेका छन् । क्षेत्र नम्बर ३ मा राप्रपा त्याग गर्ने र मौन रहनेको संख्या २ हजार बढी पुगिसकेको दावी गरिएको छ । यता जसपाका जिल्ला कोषाध्यक्ष श्यामबहादुर चौधरी पनि कांग्रेस प्रबेश गरेका छन् । दुई दिन अघि मात्रै राप्रपाका ५० बढी युवाहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।