जसपा रुपन्देही कोषाध्यक्ष चौधरी कांग्रेस प्रवेश

by समतल अनलाइन

भैरहवा।जनता समाजवादी पार्टीका रुपन्देही जिल्ला कोषाध्यक्ष श्यामबहादुर चौधरी नेपाली कांग्रेस गर्नु भएको छ । आज शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा आयोजित कार्यक्रममा चौधरी कांग्रेस प्रवेश गर्नुभएको हो ।

नेपाल सरकारका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले चौधरीलाई कार्यक्रममा पार्टी सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो ।
गृहमन्त्री खाणले पार्टी प्रवेश गरेका चौधरीलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो ।

चौधरीले कांग्रेसको नीति, सिद्धान्त र पार्टीले उठाएका एजेन्डा मन परेर कांग्रेस प्रवेश गरेको बताउनु भयो ।

 
 
  
 

You may also like