खेलकुदगृहपृष्ठ एमसीसीसँग नेपाली यू-१९ टोलीले प्रतिस्पर्धा गर्दै

by समतल अनलाइन

काठमाडौँ । विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा आज नेपाली यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल भ्रमणमा रहेको एमसीसी टोली र नेपाली यू-१९ टोलीबीचको खेल टियु क्रिकेट मैदानमा बिहान ९:१५ बजे सुरु हुनेछ ।
खेल पुरै ५० ओभरको हुनेछ ।

एमसीसीविरुद्ध नेपाली यू-१९ टोलीको नेतृत्व रित गौतमले गर्ने भएका छन् ।

टेष्ट र प्रथम श्रेणीको अनुभव रहेका एमसीसी खेलाडीविरुद्ध नेपाली यू-१९ टोलीको सोच नतिजा भन्दा अनुभव र क्षमता बृद्धीमा केन्द्रित रहने छ । एमसीसीमा इंग्ल्यान्डबाट टेष्ट खेलि सकेका टम वेस्टली,पाकिस्तानका तीनै वान डे,टि ट्वान्टी र टेष्ट खेलेका यासिर अराफात,कप्तान जिमी एडम्स र बिली गोडलेमान जस्ता खेलाडी छन् ।

यू-१९ टिमपछि एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ ।त्यसपछि नेपाली टिमसँग एमसीसीले टी-ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छ ।

 
 
  
 

You may also like