राप्रपा छाड्दै कांग्रेस प्रवेश गर्नेको लहर

by समतल अनलाइन

भैरहवा।रुपन्देही क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाड्दै कांग्रेश प्रबेश गर्नेको लहर चलेको छ । राप्रपा सिद्धान्त र बैचारिक आधार भन्दा पनि सधै सीमित ब्यक्ति केन्द्रित हुँदै गएको भन्दै उक्त पार्टी छाड्नेको लर्को लागेको हो ।

एमाले र जसपाको समर्थनमा अहिले रुपन्देही ३ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका दीपक बोहरा उम्मेदवार छन् । उनको साथ छाड्दै पाँच दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं गृमन्त्री बालकृष्ण खाँणलाई समर्थन गर्दै कांग्रेस प्रबेश गर्नेको लहर चलेको हो ।

पञ्च्यातदेखि गणतन्त्रसम्म एउटै ब्यक्तिले अवसर पाएको र स्वास्थ्यले समेत साथ नदिँदा पनि उम्मेदवार बन्ने हुुटहुुटी नहटेकोले राप्रपा छाड्ना बाध्य भएको उनीहरुले बताएका छन् । ‘स्थानीय तहको निर्वाचनको होस् कि प्रतिनिधिसभा उम्मेदवार, एउटा ब्यक्तिको बिकल्पमा अर्को देखिएन । अरुलाई अवसर नदिने परिपाटीले मुलुक बन्दैन’, प्रबेश गर्ने मध्येका एकले भने ।

निर्वाचन सुुरु भएसँगै राप्रपाका सिद्धार्थनगर अध्यक्ष ईन्जिनियर चन्द्रभक्त श्रेष्ठ कांग्रेस प्रबेश गरेका थिए । त्यसपछि सुुरु भएको राप्रपा छाड्नेको क्रम अहिलेसम्म पनि जारी छ । मगंलवार मात्रै राप्रपाका बुटवल १४ का वडाध्यक्ष रामदयाल चौधरी कांग्रेस प्रबेश गरेका छन् । त्यस्तै राप्रपा सिद्धार्थ नगरका पूर्व नगर सचिव तारानाथ पाण्डेय र वडा नं. ९ का उपसभापति रामबहादुर थापा पनि कांग्रेस प्रबेश गरेको नेपाली कांग्रेसका नेता ओमकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै स्थानीय तहमा सियारीमा राप्रपाका उम्मेदवार रहेका रंगनाथ गुुप्ता पनि कांग्रेस प्रबेश गरेका छन् । उनीहरुसहित अहिलेसम्म सातसय जना औपचारिक रुपमै राप्रपाबाट कांग्रेस प्रबेश गरेको कांग्रेस क्षेत्रीय सभापति शुसिल गुुरुङ्गले जानकारी दिए । ‘अनौपचारिक रुपमा पाँच दलीय गठबन्धन र हाम्रा उम्मेदवारलाई सहयोग गर्ने राप्रपाका स्थानीय नेता–कर्ता हजारौं छन्’, गुरुङले भने, ‘विस्तारै गठबन्धनमा खुल्ने क्रम चलिरहेको छ, नखुल्नेले भित्रीरुपमा सहयोग गरिराख्नुभएको छ ।’

 
 
  
 

You may also like