भैरहवाका युवा उद्धमी व्यवसायी र बैंकरहरूले प्रतिनिधि सभा निर्वाचनमा खाणलाई सघाउने

by समतल अनलाइन

भैरहवा।सिद्धार्थनगर नगरपालिकामा रहेका युवा उद्धमी, व्यवसायी र बैंकरहरूले रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाणलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कुनै पनि राजनीतिक दलमा सहभागी नभएका युवा उद्धमीहरू गृहमन्त्री खाणलाई निर्वाचनमा निसर्त सहयोग गर्ने बताएका हुन् ।

शुक्रबार भैरहवामा मार्यक्रम गरि उनीहरूले आफ्नो क्षेत्रको प्रतिनिधि नेपाल सरकारको गृहमन्त्री बन्नु आफूहरूका लागि गर्वको कुरा भएको भन्दै यस क्षेत्रको विकासका लागि निसर्त सहयोग गर्ने बताएका हुन् ।

क्षितिज मुनकर्मीको संयोजन र हरि आचार्यको सञ्चालनमा भएको कार्यक्रममा गृहमन्त्री खाणलाई अगाडि बढ्न आफूहरू लौरो बन्दै हातमा हात, साथमा साथ बन्न तयार रहेको बताएका थिए । मार्यक्रम सञ्चालक आचार्यले आफूहरूको क्षेत्रको व्यक्ति उच्च ओहदामा पुगेकोमा गर्व गर्दै थप उच्च ओहदामा पुर्‍याउन हरसम्भव प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी हुनुभएका गृहमन्त्री खाणले नेपालको विकासका लागि युवाको उद्धमशीलता र उर्जा आवश्यक रहेको बताउनुभयो ।
अब राज्यले नीति बनाउदा श्रमिक, मजदुर, उद्धमी र विभिन्न पेशा व्यवसाय सम्हालेर बसेका युवाहरूसंग सल्लाह र सुझाव लिने बताउनुभयो ।

आफ्नो पेसामा लगनशीलताका कारण सफल भएकाहरूको उदाहरण दिनुहुदै गृहमन्त्री खाणले युवाहरूले गर्ने क्रियशनमा सरकारले भरपुर सहयोग गर्ने बताउदै नागरिक धनी भएमा मात्रै मुलुक समृद्ध बन्ने बताउनुभयो । उहाले लोकतान्त्रिक व्यवस्थामा मात्रै उद्धम, व्यवसाय र पेशा फस्टाउने भन्दै लोकतन्त्रलाई सस्थागत गर्नलागेको शक्ति लाई निर्वाचनका माध्यमबाट निति निर्माण तहमा पुर्‍याउन आग्रह गर्नुभयो ।

 
 
  
 

You may also like