सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

by समतल अनलाइन

काठमाडौँ। सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ घटेको जनाएको छ। बिहीबार पनि सुनको मूल्य घटेको थियो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १० रुपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँ छ ।

 
 
  
 

You may also like