नकरात्मक सोच हटाउ– मुख्यमन्त्री पोखरेल

by समतल अनलाइन

पोखरा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारका बिरोधीहरु यतिवेला सरकारका नकरात्मक कुरा फैलाउने कार्यमा सक्रिय रहेको आरोप लगाएका छन् ।

मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा शनिबार पोखरामा आयोजित ‘समृद्धि नेपाल र यसका चुनौती’ विषयक गोष्ठीमा मुख्यमन्त्री पोखरेलले भने–व्यक्तिगत स्वार्थका कारण उनीहरुले सरकारको विरुद्धमा नकरात्मक कुरा गरिरहेका छन् ।

पहिले राज्य सम्पत्ति दोहन गरी खान पल्केकालाई पन्छाउन जरुरी छ, मुख्यमन्त्री पोखरेलले भने– उनीहरुले फैलाएका नकरात्कम कुराका पछि नलाग्न आम नागरिकलाई आग्रह गर्छ । परिवर्तनका लागि हिडेको पार्टीलाई यथास्थितिवादी पार्टीका नेता तथा कार्यकर्ताले बिरोध गर्नु स्वभाविक हो, उनले भने ।

नेपालमा तीन वटा क्रान्तिपछि पनि परिवर्तन हुन नसक्नु विडम्वना हो, यसको दोष सबैले लिनु पर्छ, उनले भने–विद्रोही सोचलाई रचनात्मक सोचमा परिवर्तन गर्न हामीले सकेका छैनौ । जनताको शासन र संविधान कार्यान्वयन भएको छ, अब आत्तिनु पर्दैन्, दुई तिहाइको सरकार सकरात्मक रुपमा हेर्न पनि उनले आम जनतालाई आग्रह गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देखाएको सक्रियता केवल कुण्ठामात्रै भएको टिप्पणी गर्दै उनले पूर्वराजाको सक्रियता समृद्धिमा चुनौती नहुने बताए ।

 
 
  
 

You may also like