आम्दा अस्पताल विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्था बन्ने

by समतल अनलाइन

बुटवल। बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकसित गरिने भएको छ ।

बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा सञ्चालित अस्पतालको २४ औं साधारण सभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने बताउनुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेयले महिला तथा बालबालिकाको उपचारका लागि प्रदेशस्तरको सुविधासम्पन्न अस्पताल र विशेषज्ञ जनशक्ति उत्पादन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

‘यो अस्पताल प्रदेशकै सुविधासम्पन्न महिला र बालबालिकाको अस्पतालका रुपमा स्थापित हुनेछ, उहाँले भन्नुभयो(त्यसका लागि बुटवल उपमहानगरपालिकाले प्रक्रिया आरम्भ गरेको छ, साझेदार संस्थाहरुसहित संघ र प्रदेश सरकारको समेत सहयोगमा यो अस्पताल प्रदेशकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पताल बन्नेछ ।’

उहाँले अस्पतालको सेवासुविधालाई चुस्त बनाउँदै अस्पतालका हरेक काम पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले महिला तथा बालबालिकाको उपचारका लागि स्तरीय अस्पताल बनेपछि बुटवल र आसपासका बिरामी अन्यत्र जानु नपर्ने बताउनुभयो ।

आम्दा नेपालका अध्यक्ष डा। अनिल कुमार दासले आम्दा नेपालले बुटवललाई विशेष प्राथमिकतामा राखेको र बुटवलले अन्यत्रका अस्पताल भन्दा राम्रो अस्पताल स्थापना गर्न लागेकोमा सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलको गौरवका रुपमा रहने बताउनुभयो ।
आम्दा नेपालका पूर्व अध्यक्ष डा। सरोज ओझाले बुटवलले आम्दा अस्पताललाई प्रदेशकै उत्कृष्ट सेवा दिने अस्पतालका रुपमा विकास गर्न लागेकोमा खुशी व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। इन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पताल र आम्दा अस्पतालबीच नदोहोरिने गरी सेवा प्रदान गर्न र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं। ७ मा सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा०को स्थापना गरिएको थियो । पचास शैयाबाट सुरु भएको उक्त अस्पताल हाल सय शैयामा सञ्चालन गरिएको र ३ सय बेडमा लैजाने प्रक्रिया अघि बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। राजेन्द्र बस्यालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like