नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

by समतल अनलाइन

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई) सँग एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले १४ नोभेम्बर देखि कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा श्रृंखला हुने जानकारी दिएको हो ।

नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ । नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा छन् । यो शृंखलाका लागि क्यानले नयाँ कप्तान चयन गर्नेछ ।

 
 
  
 

You may also like