‘स्मार्ट मोटीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा ः गृहमन्त्री खाण

by समतल अनलाइन

रुपन्देही ।नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोटीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही बिस्थापीत हुन नपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुुभएको छ । स्थानीयको सहमती र सहभागीता बिना बन्ने बिकास निमार्ण दिर्घकालीन हुन नसक्ने भन्दै उहाँले औद्योगी क्षेत्र निमार्ण गर्दा पुुस्तौ देखी बसोबास गर्दै आएका स्थानीयहरु बिस्थापीत हुुननपर्ने गरी काम अगाडी बढाईएको जानकारी दिनुुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनीधी सभा उम्मेदवार समेत रहनुुभएका मन्त्री खाणले बुटवल उपमहानगरपालीका १४ मा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै स्थानीयको रायसुुझाव र सहमती बेगर बिगतमा उद्योगीक क्षेत्र निमार्ण गर्न खोज्दा समस्या भएको उल्लेख गर्दै समस्या समाधानकालागी कार्यदल बनी सकेको र कार्यदलको सुुझाव अनुसारनै काम अगाडी बढ्ने बताउनुुभयो । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो । यो समस्या समाधान गर्नकोलागी गृहमन्त्री खाणकै पहलमा बनेको कार्यदलले औद्योगीक क्षेत्रको जग्गा नापजाँच गरीसकेको छ । प्राविधिक टोलीले उपलब्ध गराउने तथ्यांकका आधारमा औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिश गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने कार्यदलका सयोजक एवं जिल्ला समन्वय समीती रुपन्देहीका सयोजक उमाकान्त चपाईले जानकारी दिनुुभयो ।
‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आएपनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ’–उहाँले भन्नुभयो । २०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम अगाडी बढेको छ ।

 
 
  
 

You may also like