भैरहवा।भैरहवाका उद्योगी व्यवसायीहरूले रुपन्देही र विशेषगरी भैरहवा क्षेत्रको विकासका लागि केन्द्रमा बलियो पकड भएको व्यक्तिले आगामी निर्वाचन जित्नु पर्ने बताएका छन् ।
भैरहवामा भएको छलफलमा उद्योगी व्यवसायीहरूले व्यपार व्यवसाय र उद्योगको अस्तित्व बचाउन बेलैमा ध्यान पु¥याउनु पर्ने बताएका छन् । अबको निर्वाचनमा पार्टीले के भन्छ होइन, कसलाई जिताउँदा आफ्नो भविष्य के हुन्छ भन्ने विषयमा ध्यान दिनु पर्ने व्यवसायीहरूको भनाइ थियो ।
यस क्षेत्र रुपन्देही ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, प्रदेश सभा रुपन्देही क्षेत्र नम्बर ३ (क)का उम्मेद्वार सन्तोष पाण्डे पनि सहभागी छलफलमा उद्योगी व्यवसायीहरूले आफूहरूलाई भविष्यमा उद्योग व्यवसाय चलाउन जसलाई जिताउँदा सहज हुन्छ, त्यसलाई जिताउनु पर्ने बताए ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग व्यवसायलाई खाल्डोमा खसाउने कि डाँडोमा पु¥याउने निर्णय लिने बेला आएको बताए । ‘आफ्नो उद्योग व्यवसायलाई खाल्डोमा खसाउने कि डाँडोमा पु¥याउने, निर्णय लिने निर्वाचनमा हो,’ प्रदेश अध्यक्ष शर्माले भन्नुभयो, ‘अस्तित्व बचाउन ध्यान पु¥याउनु पर्ने बेला यही हो ।’
व्यवसायी नारायण अग्रवालले यस क्षेत्रको विकासका लागि लागि परेका नेता बालकृष्ण खाणलाई उम्मेद्वार पाउँदा आफूहरू आशावादी भएको बताए ।
व्यवसायीहरूले उद्योग व्यवसाय फस्टाउने र मुलुकको विकासका लागि आफूहरूले योगदान दिनसक्ने वातावरणको निर्माण गर्न केन्द्रमा सरकार निर्माण गर्न सक्ने पार्टी र मन्त्री बन्न सक्ने उम्मेदवारलाई जिताउन लाग्नु पर्ने बताएका थिए ।
व्यवसायीहरूले सीमा भएको जिल्ला भएकाले चोरीका सामान आएकाले आफूहरूलाई व्यवसाय धान्न गाह्रो भएको, उद्योगले उत्पादन गरेको सामान अन्य मुलुकमा निर्यात गरेवापत पाउने छुटमा कटौति गरिएको, अन्तर्राष्ट्रिय विमानस्थालमा आउने फ्लाइटमा कमि आएकोले यी विषयमा ध्यान दिन गृहमन्त्री खाणलाई आग्रह गरेका थिए ।
गृहमन्त्री खाणले आफूले यस क्षेत्रको विकास र उद्योग व्यवसायलाई फस्टाउने वातावरण निर्माण गर्न भरमग्दुर प्रयास गर्ने बताउनु भयो । उहाँले व्यवसाय फस्टाएमा मात्रै राज्यलाई उद्योगले कर तिर्ने र त्यो करले राज्य सञ्चालनमा सहज हुने बताउनु भयो ।
उहाँले तीनै तहका स्थानीय तहको निर्वाचनका आधारमा कांग्रेस पहिलो पार्टी भएको र मंसिर चार गने हुने प्रदेश सभा र प्रतिनिधि सभामा बहुमत आएर प्रदेश र केन्द्रमा सरकार निर्माण गर्ने अवस्था निर्माण भएमा अहिले उद्योगी व्यवसायीले भोग्नु परिरहेका समस्या भोग्न नपर्ने बताउनु भयो ।
भैरहवाको विकासका लागि केन्द्रमा बलियो पकड भएको नेताले जित्नुपर्छ : उद्योगी व्यवसायी
64