हल्कादेखि मध्यम बर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अहिले देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश-१, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मध्यम वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like