डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ । यो डलरको अहिलेसम्मकै उच्च रेट हो । युरो एकको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like