डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : कांग्रेस नेता सिंह

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् ।

आज राजधानीको रत्नराज्य विद्यालयको बिज्ञना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । नेता सिंहले जनस्तरमा अनुभुत हुने गरि काम गर्न सरकारको ध्यानाकर्षण गर्दै डेंगो नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह गरेका छन् ।

बिरामीले सिटामोल पनि भनेको समयमा पाइदैन भन्ने गुनासो गरेकोले सरकारलाई गम्भीर बन्न पनि उनले अपिल गरेका थिए । स्थानीय सरकारलाई पनि गम्भीरताका साथ लाग्न उनले आग्रह गरेका छन् ।

फरक प्रसंगमा बोल्दै उनले मुलुकमा संकटको निकासको लागि कांग्रेसले अवसर पाउँदा जिम्मेवारी बहन गरेको बताए । अवसर पाउँदा कुन दलले के गरेको छ, त्यसको लेखाजोखा जनताले राख्नु पर्ने उनले जनाए ।

 
 
  
 

You may also like