नेपाली कांग्रेसको युवा तथा महिला परिचालन समिति गठन

by समतल अनलाइन

शुद्वोधन । शुध्दोधन गाउँ पालिका १ शिशै रुपन्देही स्थित नेपाली कांग्रेस कार्य समिति शुध्दोधन गाउ पालिका रुपन्देहीको आयोजनामा जन्ताको साथमा कांग्रेस अभियान कार्यक्रममा नेपाल तरुण दल शुध्दाेधन १ का सभापति मुरलीधर लोनियाकाे अध्यक्षतामा र नेपाली कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
शुध्दोधन गाउँ पालिका अध्यक्ष नेपाली कांग्रेस माहासमिती सदस्य विष्णुप्रसाद बस्याल,पुर्व महासमिति सदस्य चिरञ्जीवी जोसी,नेपाली कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराई नेपाली कांग्रेस शुध्दाेधन गाउँ पालिकाका सभापति दामोदर पौडेल नेपाली कांग्रेस शुध्दाेधन गाउँ पालिकाका उपसभापति जंगबहादुर यादव लगायत स्थानीयवासी हरुकाे उपस्थितिमा सो नेपाली कांग्रेसको युवा तथा महिला परिचालन समिति गठन कार्यक्रमकाे संचालन नेपाली कांग्रेस प्रदेश सदस्य डी,आर,कडेलकाे संचालनमा सम्पन्न भएको छ।उक्त सो नेपाली कांग्रेसको युवा तथा महिला परिचालन समिति गठन कार्यक्रम असोज ३ गते शुध्दाेधन ७ पुन्नेराम चौधरीको फार्म भगलापुरमा बिहान ८ बजे र शुध्दाेधन वडा नः६ सेमरी सामुदायिक भवनमा सो भेला हुने नेपाली कांग्रेस शुध्दाेधन गाउँ पालिकाका सभापति दामोदर पौडेलले जानकारी दिनुभयो।

 
 
  
 

You may also like