नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

by समतल अनलाइन

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै मल्ललाई नयाँ कप्तान छनोट गरेको हो ।

ओपनर ब्याट्सम्यान मल्ल यसअघि राष्ट्रिय टिमको उपकप्तान रहेका थिए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले अर्को निर्णय नहुँदासम्मका लागि मल्ललाई कप्तानको जिम्मेवारी दिएको बताए ।

मल्ललाई कप्तानको जिम्मेवारी दिएको क्यानले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान तोकेको छ ।

क्यानले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।

एक दशकसम्म नेपाली क्रिकेटको कप्तानी गरेका पारस खड्काले केही समय अगाडि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पद छाड्ने घोषणा गरेका थिए ।

त्यससम्बन्धमा क्यानले पत्र लेखेर औपचारिक धारणा मागेपछि उनले गत आइतबार इमेलमार्फत कप्तानको जिम्मेवारीमा फर्कन सक्ने सम्भावना न्यून रहेको भन्दै राजीनामा बुझाएका थिए ।

 
 
  
 

You may also like